नयाँ वर्षको लागि जावाको ‘न्यू इयर स्किम’
वि.सं.२०७८ चैत १५ मंगलवार १५:३६
shares

नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिअन्तर्गत जावा मोटरसाइकलले नयाँ वर्षको अवसरमा जावा मोटरसाइकलको फोर्टी-टु, जावा, र पेराक सबै मोडलमा नेपाल अधिराज्यभरि लागू हुने गरी न्यू इयर स्किम ल्याएको छ ।
यो स्किमअन्तर्गत क्लासिक मोटरसाइकलप्रेमीहरुले जावा मोटरसाइकल खरिद गर्दा १५ हजारको फ्ल्याट डिस्काउन्ट पाउन सक्नेछन् । यो अफरको लाभ जावा मोटरसाइकलको बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, वीरगंज, नारायणघाट, पोखरा, बाग्लुङ, बुटवल, भैरहवा, नेपालगञ्ज, सुर्खेत, दाङ र धनगढीका विभिन्न शाखा र डिलरहरुबाट सजिलै लिन सकिनेछ ।
अन्तर्राष्ट्रिय बजारमा राम्रो स्थान पाएको साथै नेपालमा पनि निकै रुचाइएको जावा मोटरसाइकलले यस स्किममार्फत सबैबाट थप सकारात्मक प्रतिक्रिया पाउने विश्वास पनि गरिएको कम्पनीले उल्लेख गरेकाे छ ।

























