गृहपृष्ठ अब स्याउको स्वादमा फ्यान्टा
अब स्याउको स्वादमा फ्यान्टा
कोका-कोला नेपालले आफ्नो पेय पदार्थको सूचीमा नयाँ उत्पादन फ्यान्टा एप्पललाई नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार अब नेपाली उपभोक्ताहरूले यो क्रिस्प स्पार्क्लिङ पेय पदार्थको साथमा हरेक पल रिफ्रेश अनुभव गर्न सक्नेछन् ।
नयाँ स्वादसँगै फ्यान्टाले नयाँ डिजिटल भिडिओ पनि सार्वजनिक गरेको छ, जसले उपभोक्ताहरूको जीवनमा रमाइलो र उत्साह थप्ने कम्पनीको उद्धेश्यलाई प्रतिविम्बित गरेको छ। यो भिडियो फ्यान्टाको विस्तृत मार्केटिङ अभियानको एक हिस्सा हो जसमा डिजिटल भिडिओहरू, प्रिन्ट विज्ञापनहरू र ओओएच (आउट अफ होम) आदि समावेश छन् ।
नयाँ फ्यान्टा एप्पल सार्वजनिक गर्दै कोका-कोला नेपालका कन्ट्री निर्देशक आदर्श अवस्थीले भने,'फ्यान्टा त्यस्तो मानिसहरूको लागि हो जसलाई रमाइलो गर्न मनपर्छ। यो नयाँ फ्यान्टा एप्पलले दैनिकको जीवनमा थोरै भए पनि ताजगी र स्फुर्ती ल्याउन सहयोग गर्छ ।'
बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले उपभोक्ताहरूको बदलिँदो स्वाद र रोजाइअनुसारको पेय पदार्थ सार्वजनिक गर्न सधैं प्रयासरत रहेको बताए । फ्यान्टा एप्पलसँगै नेपालमा अब फ्यान्टाको अरेन्ज (सुन्तला) र एप्पल (स्याउ) गरी दुई वटा स्वाद उप्लब्ध हुनेछ । फ्यान्टा एप्पल २५० एमएल र ५०० एमएलको प्याकमा नेपालभर उपलब्ध छ ।
प्रकाशित समय : १५:४२ बजे


















