गृहपृष्ठ मेक्सिकोमा गोली हानेर २० जनाको हत्या
मेक्सिकोमा गोली हानेर २० जनाको हत्या
मध्यमेक्सिकोमा गोली हानेर २० जनाको हत्या गरिएको छ । आइतबार स्थानीय समयअनुसार बिहान साढे १० बजेतिर मिचोआकन राज्यको लास टिनाजस शहरमा आयोजित एक समारोहमा सहभागिहरुमाथि गोली चल्दा २० जनाको मृत्यु भएको हो ।
घटनास्थलबाट १६ पुरुष र ३ महिला गरी १९ जनाको शव संकलन गरिएको थियो । एकजनाको भने अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
अस्पतालमा ६ जनाको उपचार जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रकाशित समय : १५:११ बजे



















