गृहपृष्ठ ओपोलाई ‘डिस्रप्टिभ डिभाइस इन्नोभेशन’ उपाधि
ओपोलाई ‘डिस्रप्टिभ डिभाइस इन्नोभेशन’ उपाधि
एमडब्ल्यूसी२२ बार्सिलोनामा २०२२ ग्लोबल मोबाइल (जीएलओएमओ) अवार्ड्सबाट ओप्पोलाई ‘डिस्रप्टिभ डिभाइस इन्नोभेसन’ अवार्डद्वारा सम्मानित गरिएको छ । फाइन्ड एनमा रहेको हिन्ज एण्ड डिस्प्ले संघटनका लागि यो अवार्ड ओप्पोलाई प्रदान गरिएको हो ।
अवार्डको घोषणा मोबाइल वर्ल्ड लाइभमार्फत साशा ट्विनिङ र जन्टिन स्प्रिंघमद्वारा सह-प्रायोजित भर्चुअल समारोहमार्फत गरिएको हो । समारोहको स्ट्रिमिङ विश्वभरका दर्शकका लागि लिंक्डइनमार्फत गरिएको थियो । ‘यस वर्षको जीएलओएमओमा फाइन्ड एनका लागि डिस्रप्टिभ डिभाइस इन्नोभेशन अवार्डद्वारा सम्मानित हुन पाउँदा हामी निकै गौरवान्वित छौँ । ओप्पोका उत्पादन तथा प्रविधिका लागि औद्योगिक क्षेत्रका मित्रहरुका साथै स्वयम् प्रयोगकर्ताद्वारा प्राप्त ठूलो पहिचानका रुपमा हामीले यसलाई लिएका छौँ,' ओप्पोका ओभरसिज सेल्स एण्ड सर्भिसका उपाध्यक्ष बिल्ली च्यांगले भने ।
.jpg)
प्रकाशित समय : ०१:०८ बजे



















