गृहपृष्ठ रियलमीको आधिकारिक सर्भिस सेन्टर इटहरीमा
रियलमीको आधिकारिक सर्भिस सेन्टर इटहरीमा
स्मार्टफोन ब्रान्ड रियलमीले इटहरीमा अर्को नयाँ प्रिमियम आधिकारिक सेवा केन्द्र खोलेको छ । रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले इटहरीको सुर्या कम्प्लेक्स परिसरमा नयाँ सेवा केन्द्रको उद्घाटन गरेका हुन् ।
सर्भिस सेन्टरको उद्घाटनपछि बोल्दै गिरीले मोबाइल सबैभन्दा सहज र सुविधायुक्त साधन भएकाले रियलमीले सेवाग्राहीको सुविधामा ध्यान दिएको बताए । रियलमीले नेपालमा भरपर्दो ब्रान्ड बन्ने लक्ष्य राखेको र आफ्ना ग्राहकहरुलाई उत्कृष्ट ग्राहक सेवा र बिक्री पछिको सेवा उपलब्ध गराउने लक्ष्य राखेको उनले विश्वास व्यक्त गरे । पहिलो आधिकारिक सर्भिस सेन्टर सीटीसी मल, सुन्धारा काठमाडौँमा अवस्थित छ ।
रियलमीले सर्भिस सेन्टर स्थापनासँगै ग्राहकहरुमाझ बिक्री पछिको सेवालाई सफलतापूर्वक विस्तार गर्ने विश्वास लिएको छ । सर्भिस सेन्टरमार्फत सफ्टवेयरसम्बन्धी सेवा, पार्टपूर्जा बदल्ने सेवा, फ्लागसिप फोन मर्मत सेवा, वारेन्टी मान्य र गैर मान्य स्मार्ट फोनहरुको मर्मत सेवा र अन्य धेरै सेवाहरु प्रदान गरिनेछ । जगदम्बा मोबाइलका नेशनल सेल्स हेड कुनाल सिंहका अनुसार इटहरीको सूर्या कम्प्लेक्स प्रदेशकै प्रमुख व्यावसायिक केन्द्र भएको हुनाले यहाँ सर्भिस सेन्टर खोलिएको हो ।
उनका अनुसार विराटनगर, धरान, बिर्तामोड लगायतका ग्राहकले अब यो सेवा केन्द्रबाट सहज रुपमा गुणस्तरीय सेवा लिन सक्ने बताए । रियलमीले नेपालमा सबै स्मार्टफोन ब्रान्डहरुमध्ये सर्भिस रिटर्न रेटमा कम रही अग्रणी सेवा दिने दाबी गरेको छ ।
.jpg)
प्रकाशित समय : ००:५३ बजे



















