nmb bank

गृहपृष्ठ सबै दल मिले पनि एमालेलाई जित्न सक्दैनन्: अध्यक्ष ओली

सबै दल मिले पनि एमालेलाई जित्न सक्दैनन्: अध्यक्ष ओली

सबै दल मिले पनि एमालेलाई जित्न सक्दैनन्: अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सबै दल मिलेर आए पनि एमालेलाई जित्न नसक्ने बताएका छन् । कपिलवस्तुको तौलिहवामा आज आयोजित कार्यक्रममा अध्यक्ष ओलीले मुलुकको विकास गर्नका लागि एमालेले जित्नुपर्ने उल्लेख गरे ।

नेपाली कांग्रेस र अन्य दलबीच सरकार टिकाउन मात्र गठबन्धन गरिएको उनले आरोप लगाए । शिक्षा, स्वास्थ्य, कृषि, विमानस्थल निर्माणलगायत काम आफ्नो पालामा भएको अध्यक्ष ओलीले दाबी गरे ।

एमाले उपाध्यक्ष विष्णु पौडेलले आगामी स्थानीय तहको निर्वाचनमा एमालेको जितलाई कसैले रोक्न नसक्ने बताए । आजै एमालेमा प्रवेश गरेका सांसद वृजेशकुमार गुप्ताले मधेसको विकास र मधेसीको हितमा काम गर्ने दल एमाले मात्र भएको उल्लेख गरे । सो अवसरमा लुम्बिनी प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवात्सव, कपिलवस्तु नगरपालिकाका पूर्वनगर प्रमुख रामदास गुप्ता, पूर्वउपप्रमुख वासुदेव कशौधन, कपिलवस्तु नगरपालिका-१ का वडाध्यक्ष सुदीप पौडेल, वडा-४ वडाध्यक्ष रवीन्द्र त्रिपाठी, वडा-१२ का वडाध्यक्ष ओमप्रकाश पाण्डे, बुद्धभूमि नगरपालिका-६ वडाध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपालिका-८ अध्यक्ष साहबुद्दिन मुसलमानलगायत एमालेमा प्रवेश गरेका थिए ।

प्रकाशित समय : ००:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु