काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेप्सेमा ३०.४३ अंकको गिरावट

13.61K
shares

धितोपत्र बजारमा केही दिनदेखि ओरालो यात्रामा रहेको सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अंकले घटेको छ । आइतबार ४१.४३ घटेर दुई हजार ५७२.२३ मा रोकिएको परिसूचक आज ३०.४३ अंकले घट्दै दुई हजार ५४१.८३ मा आएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार परिसूचकका साथै कारोबार रकमसमेत घटेको छ । आज २३१ कम्पनीको ४९ लाख ५८ हजार ९१४ कित्ता सेयर दुई अर्ब ५४ करोड ५३ लाख २१ हजार ८१४ मा खरिद बिक्री भएको नेप्सेले जनाएको छ । अघिल्लो दिन नेप्सेमा २३२ कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता सेयर चार अर्ब ९८ करोड ९५ लाख १४ हजार ४१६ मूल्यमा खरिद बिक्री भएको थियो । नेप्सेका नुसार अघिल्लो कारोबार दिनका तुलनामा आजको बजार १.१८ प्रतिशतले घटेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.३ अंकले ओरालो लाग्दै ४७४.०९ मा आएको छ । जुन अघिल्लो कारोबार दिनका तुलनामा १.११ प्रतिशतले घटी हो ।

नेप्सेका अनुसार आज कारोबार भएका १३ वटै उपसमूहका सेयर मूल्य घटेका छन् । आज बैंकिङ ८.६३, व्यापार ६०.५८ होटल तथा पर्यटन २४.४१, विकास बैंक ७५.०९, जलविद्युत् २४.३, वित्त ४९.०५, निर्जीवन बिमा २५२.४९, उत्पादन ८४.८७, अन्य ४३.३६, लघुवित्त ४०.४८, जीवन बिमा ३४२.०६, सामूहिक लगानी कोष ०.०८ र लगानी ०.९३ रहेकाे छ । आजको बजारमा कारोबारका आधारमा जीवन विकास लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा छ । यो कम्पनीको २२ करोड २४ लाख ७० हजार ३६७ मूल्य बराबरको कारोबार भयो । यस्तै, अपि पावर कम्पनी नौ करोड ३० लाख २३ हजार ११६, हिमालयन डिष्ट्रिलरी लिमिटेडको छ करोड आठ लाख ७९ हजार ३४३, नेपाल लाइफ इन्सुरेन्सको पाँच करोड ७७ लाख ८६ हजार ८५० र लाइफ इन्सुरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडको पाँच करोड ६५ लाख ३१ हजार २४४ मूल्य बराबरको कारोबार भई शीर्ष पाँचमा परेका छन् ।

राष्ट्र उत्थान लघुवित्त संस्था १० प्रतिशतले बढ्दै सकारात्मक सर्किटमा कारोबार भएको बजारमा इमर्जिङ नेपाल लिमिटेडको ९.९९ प्रतिशतले र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थको ६.१ प्रतिशतले बढेका छन् । त्यस्तै, ङादी ग्रुप पावर लिमिटेडको २.२९ प्रतिशतले सेयर मूल्य बढेको छ । आइसीएफसी फाइनान्स कम्पनीको मूल्य भने ४.८२ प्रतिशले घटेको छ । सानिमा लाइफ इन्सुरेन्स ४.५२ प्रतिशतले, ज्योति लाइफ इन्सुरेन्स ४.४५ प्रतिशतले, ग्रीनलाइफ हाइड्रोपावर ४.३८ प्रतिशतले र प्रुडेन्सियल इन्सुरेन्स कम्पनीको मूल्य ४.३२ प्रतिशतले घटी शीर्ष पाँचमा परेका छन् ।