काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपालले पीएनजीलाई १५ रनले हरायो

13.52K
shares

नेपालले पपुवा न्यु गिनी (पीएनजी)लाई त्रिकोणात्मक ट्वान्टी २० शृंखलाको पहिलो खेलमा १५ रनले पराजित गरेको छ । १ सय ८४ रनको लक्ष्य लिएर आएको पीएनजी ४ बल अगाडि १ सय ६८ रनमा अलआउट भयो ।

कप्तान सन्दीप लामिछाने र करण केसीले ३/३ विकेट लिए । सन्दीपले ४ ओभरमा २२ र करणले ४ ओभरमा ४४ रन खर्चे । अविनाश बोहराले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा ४२ रन खर्चेर १ विकेट लिए ।

नोर्मान भानुआले पीएनजीबाट सर्वाधिक ५२ रन बनाए । उनले २९ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे । करणले १९ औं ओभरमा भानुआ र सिमोन अटाईलाई लगातर बलमा आउट गरी नेपाललाई खेलमा फर्काएका थिए । अन्तिम ओभरको तेस्रो बलमा सन्दीप र दीपेन्द्रसिंह ऐरी मिलेर एलेइ नाओलाई रनआउट गरी नेपाललाई विजय दिलाए ।

सेसे बाउ ३०, चार्ल्स अमिनी २२ र लेगा सिएका २१ रनमा आउट भएका थिए । कप्तान असाद भालाले ७ रनमात्र बनाउन सके ।