गृहपृष्ठ मुक्तिनाथ विकास बैंकद्वारा आश्रमलाई सहयोग
मुक्तिनाथ विकास बैंकद्वारा आश्रमलाई सहयोग
मुक्तिनाथ विकास बैंकले दाङस्थित नीलसागर असहाय अशक्त तथा ज्येष्ठ नागरिक पुन: स्थापना केन्द्रलाई सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत निलसागर सेवा आश्रमका लागि खाद्य वस्तुहरु, डस्टबिन तथा अन्य सामग्रीहरु सहयोग गरेको हो ।
यस सहयोगबाट निलसागर सेवा आश्रममा रहेका नागरिक, अशक्त नागरिकको पुन: स्थापना गर्न मद्दत पुग्ने धारणा बैंकले लिएको जनाएको छ । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएमबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
प्रकाशित समय : २०:४८ बजे


















