गृहपृष्ठ टस हारेर पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल
टस हारेर पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल
नेपालले त्रिदेशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध पहिलो ब्याटिङ गरिरहेकाे छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर नेपालले ब्याटिङ गरिरहेकाे हाे । पीएनजीका कप्तान असाद भालाले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् ।
यसअघि नेपाल पीएसनजीविरुद्ध दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा २-० ले पराजित भएको थियो । नेपालका कप्तान सन्दीप लामिछानेले घरेलु मैदानमा पहिलो पटक ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तानी गर्दैछन् ।
नेपाली टिम:
सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, आसिफ शेख (विकेटकिपर), करण केसी, अबिनाष बोहरा, लोकेश बम, कुशल मल्ल र रोहितकुमार पौडेल ।
प्रकाशित समय : १८:२६ बजे

















