global ime bank Long Banner Ad

गृहपृष्ठ नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज (आइतबार) २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज सबैको लघुवित्त र एसियन लाइफ इन्स्योरेन्सको सेयर सूचीकृत भएको हो । 

आज सबैको लघुवित्तको ३१.०५ प्रतिशतले हुन आउने ६ लाख ३९ हजार ७ सय २७ दशमलव ५० कित्ता बोनस सेयर र एसियन लाइफ इन्स्योरेन्सको २५ प्रतिशतले हुन आउने  ५२ लाख ९० हजार ७ सय ४२ दशमलव ७२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । २ कम्पनीको गरी कुल ५९ लाख ३० हजार ४ सय ७० दशमलव २२ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

सेयर सूचीकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी सेयर खरिदबिक्री गर्न सक्ने छन् ।

प्रकाशित समय : २३:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु