गृहपृष्ठ थाइ क्लब चोनबुरी एफसीसँग नेपाल पराजित
थाइ क्लब चोनबुरी एफसीसँग नेपाल पराजित
नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण फुटबलमा थाइल्याण्डको क्लब चोनबुरी एफसीसँग पराजित भएको छ । चोनबुरी स्टेडियममा आइतबार भएको खेलमा नेपाल घरेलु टोलीसँग ३-१ गोल अन्तरले पराजित भएकाे हाे ।
नेपालका लागि दर्शन गुरुङले एक गोल फर्काए । नेपालले यसअघि थाइल्याण्डकाे राष्ट्रिय टाेलीसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपाल २-० ले पराजित भएको थियो ।
एएफसी एसियन कप छनोटको तेस्रो चरणको तयारीका लागि नेपाल मैत्रीपूर्ण खेल्न थाइल्याण्ड गएको हो । एसियन कप छनोटमा नेपाल कुवेत, इन्डोनेसिया र जोर्डनसहित समूह 'ए'मा रहेको छ । नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुने तय भएकाे छ । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछन् । नेपालले जुन ८ मा जोर्डन, जुन ११ मा कुवेत र जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।
चोनवुरीसँगको खेलमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पहिलो रोजाइका गोलरक्षक तथा कप्तान किरण चेम्जोङलाई विश्राम दिँदा दीप कार्कीले गोलपोस्टको जिम्मेवारी पाएका थिए । टोलीको कप्तानी अनन्त तामाङले गरेका थिए ।
प्रकाशित समय : २३:४२ बजे



















