गृहपृष्ठ शाओमी १२ प्रोको लागि प्रि-बुकिङ खुल्ला
शाओमी १२ प्रोको लागि प्रि-बुकिङ खुल्ला
शाओमी १२ प्रोको लागि प्रि-बुकिङ खुल्ला गरिएको छ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो फ्ल्यागशिप सिरिज शाओमी १२ सिरिजमध्ये शाओमी १२ प्रोको प्रि बुकिङ खुल्ला गरेको हो । प्रि-बुकिङ चैत्र ११ गतेदेखि चैत्र १५ सम्म खुल्ला हुनेछ ।
प्रि-बुकिङ गर्दा यो फोन विशेष अफरसहित उपलब्ध हुनेछ । उपभोक्ताहरूले यो फोन किन्दा ५ हजारको क्यासब्याक तुरुन्तै पाउने कम्पनीले जनाएको छ । साथै, ग्राहकले मी नेकब्यान्ड ब्लुटुथ इयरफोन प्रो अथवा मी पोर्टेबल ब्लुटुथ स्पिकर सित्तैमा पाउन सक्नेछन् । शाओमी १२ प्रो बैजनी र नीलो रङमा १२ जिबी र्याम र २५६ जिबी आन्तरिक स्टोरेज विकल्पमा उपलब्ध हुनेछ। जसको मूल्य कम्पनीले एक लाख १४ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ ।
यो फोनमा सन् २०२२ को फ्ल्यागशिप डिभाइसमा हुनुपर्ने सबै नवीनतम र उत्कृष्ट विशेषताहरू छन् । यो फोनमा छिटो चार्ज हुने विशेषता दिइएको छ । यासमा १२० वाटको फास्ट चार्जिङ छ, जसले फोन १८ मिनेटमै फुल चार्ज हुन्छ । शाओमी १२ प्रोमा एचडिआर १० प्लस र डल्बी भिजनवाला ६।७३ इन्चको एमोलेड एलटिपिओ डिस्प्ले दिइएको छ। ८ जेन १ स्न्यापड्र्यागन प्रोसेसर भएको यो फोनमा ५० मेगापिक्सलको मुख्य क्यामेरा, ५० मेगापिक्सलको टेलिफोटो र ५० मेगापिक्सलको वाइड एंगलको सेकेन्डरी क्यामेरा सहित ट्रिपल रियर क्यामेरा सेटअप छ ।
यो स्मार्टफोनको अर्को विशेषता भनेको यसको साइबर फोकस ट्र्याकिङ प्रणाली हो, जसले गुडिरहेको अथवा चलिरहेको गाडी आदिको फोटो खिच्न सजिलो हुन्छ । तीनवटै क्यामेराहरूमा नाइट मोड सेन्सरहरू उपलब्ध छ जसले गर्दा रातको समयमा पनि राम्रो र स्पष्ट फोटो खिच्न सकिन्छ। सेल्फीको लागि यसमा ३२ मेगापिक्सेलको अल्ट्रा-क्लियर सेल्फी लेन्स दिइएको छ । यसमा हर्मन-कर्डोनका चार वटा स्पिकरहरु छन्, जसले रियल सराउन्ड साउन्ड एक्स्पिरियन्स दिन्छ । शाओमी १२ प्रोको नजिकैको एमआई स्टोर र रिटेल स्टोरहरूमा प्रि(बुकिङको लागि खुल्ला छ र मार्च ३० देखि बिक्री सुरू हुनेछ ।
प्रकाशित समय : २२:२२ बजे



















