एनएमबी बैंकको ‘वित्तीय साक्षरता कार्यक्रम’ सम्पन्न
वि.सं.२०७८ चैत ११ शुक्रवार १८:३३
shares

एनएमबी बैंक गैंडाकोट शाखाले आफ्ना कर्मचारी तथा ग्राहकहरूको सहभागlतामा गैंडाकोट-४, दर्शन चोकमा 'वित्तीय साक्षरता कार्यक्रम' सम्पन्न गरेको छ । कञ्चन आमा समूहको प्रांगणमा आयोजना गरिएको सो कार्यक्रममा गैंडाकोट शाखाका कर्मचारी प्रदिप खनाल र राजु पोख्रेलले बैंकको परिचय, बैंकले प्रदान गर्दै आइरहेको सेवा, डिजिटल बैंकिङ साथै बैंकको महत्वबारे बताए ।
उक्त आमा समूहको तर्फबाट निवर्तमान अध्यक्ष शान्ता भुजेलले एनएमबी बैंकले आउँदा दिनहरूमा पनि यस्ता वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रमहरूको आयोजना गरी समूहलाई अझ सशक्त बनाइ दिनेमा विश्वास राख्दै आफ्नो धारणा व्यक्त गरे । बैंकले सर्व-साधारणलाई बैंकिङ तथा वित्तीय साक्षरता सम्बन्धी सचेतना र सशक्तीकरण गर्ने उद्देश्यले आगामी दिनमा पनि यस किसिमका कार्यक्रमहरू सञ्चालन गर्ने बताए ।
एनएमबी बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द बैंकर’ पत्रिकाबाट एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द इयर एसिया २०२१’ अवार्डबाट सम्मानित बैंक हो । बैंकेले सन् २०१७, सन् २०१८ र सन् २०२० मा पनि नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले एनएमबी बैंकले हाल देशभर २०१ शाखा, १३९ एटीएम, १० एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेकाे छ ।
























