गृहपृष्ठ ‘ए मेरो हजुर ४’को ट्रेलर सार्वजनिक

‘ए मेरो हजुर ४’को ट्रेलर सार्वजनिक

‘ए मेरो हजुर ४’को ट्रेलर सार्वजनिक

झरना थापाको फ्रेन्चाइज फिल्म 'ए मेरो हजुर'को चौथो सिक्वेल 'ए मेरो हजुर ४'को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार 'ए मेरो हजुर ४' फिल्मको ट्रेलर सार्वजनिक भएको हो । झरना थापाको निर्देशनमा बनेको फिल्मको ट्रेलरमा अनमोल केसी र सुहाना थापाको प्रेमलाई देखाइएको छ ।

बुधबार आयोजित कार्यक्रममा ट्रेलर सार्वर्जनिक गर्दै फिल्मको निर्माण पक्षले फिल्मका अघिल्ला भागहरुलाई जस्तै यो भागलाई पनि दर्शकले माया गर्ने अपेक्षा रहेको बताए । फिल्मलाई निर्देशक थापासँगै छेतेन गुरुङले लेखेका छन् । सुनिलकुमार थापा प्रोडक्सन्सको ब्यानरमा निर्माण भएको फिल्मको पटकथादेखि संवादसम्ममा निर्देशक थापासँगै मन्दिप गौतम, बाबुराम दाहाल, प्याट्रिक पौडेल, उपकार पाण्डे, माधव शर्मा लगायतले काम गरेका छन् ।  फिल्मलाई सुहाना इन्टरटेन्मेन्टले वितरण गरेको छ ।

आगामी वैशाख १ गते प्रदर्शनमा आउने साे फिल्मलाई दर्शकबाट आफूले गरेको अपेक्षा अनुसारको माया पाउने निर्माण पक्षले विश्वास लिएको छ । वैशाख १ मा 'ए मेरो हजुर ४'सँगै दक्षिण भारतीय फिल्म 'केजीएफ २'को पनि प्रदर्शन हुनेछ ।

ट्रेलर :

प्रकाशित समय : १८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु