गृहपृष्ठ श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

आफ्नै २४ वर्षीया श्रीमती लक्ष्मी तामाङ(थापा)को हत्या गरेको अभियोगमा बूढानीलकण्ठ नगरपालिका-१३ चुनिखेल डेरा गरी बस्ने उदयपुर कटारी घर भएका २१ वर्षीय भक्त बहादुर थापालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको  छ ।

घरायसी विवादका कारण भक्तले धारिलो हतियार दाउ प्रहार गरी गम्भीर घाइते बनाई फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनलाई हतियारसहित पक्राउ गरेको हो । घाइतेलाई तत्काल उपचारको लागि चुनिखेलस्थित करुणा अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो । 

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १८:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु