गृहपृष्ठ चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै
चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै
चीनका स्टेट काउन्सिलर एवम् विदेशमन्त्री वाङ यी आज नेपाल आउँदैछन् । नेपालको तीन दिने नेपाल भ्रमणका लागि वाङ यी नेपाल आउन लागेका हुन् । उनी आज भारत हुँदै काठमाडौं आइपुग्ने छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार आज अपरान्ह उनी काठमाडौं आइपुग्नेछन्।
नेपालमा शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएपछि आउने उनी पहिलो उच्चस्तरीय पाहुना हुन् । नेपाल बसाइको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री खड्का, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट्ने कार्यक्रम छ।
भेटवार्ताको क्रममा चीनले अघि सारेको पूर्वाधार विकास परियोजना ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’अन्तर्गत सहयोगका परियोजना कार्यान्वयनका विषयमा केन्द्रित रहेर विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डलसँग नेपालले छलफल गर्ने परराष्ट्र मन्त्रालय स्रोतले बतायो ।
प्रकाशित समय : १३:०३ बजे


















