गृहपृष्ठ परराष्ट्रमन्त्रीद्वारा शोक व्यक्त
परराष्ट्रमन्त्रीद्वारा शोक व्यक्त
परराष्ट्रमन्त्री डा. नारायण खड्काले पूर्वअमेरिकी विदेशमन्त्री मेडेलिन अल्ब्राइटको निधन भएकामा गहिरो दु:ख प्रकट गर्दै समवेदना व्यक्त गरेका छन् ।
राष्ट्रपति बिल क्लिन्टनको प्रशासनमा पहिलो महिला विदेशमन्त्रीका रूपमा अमेरिकी विदेश नीतिलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी उनको बुधबार ८४ वर्षको उमेरमा निधन भएको हो । उनी क्यान्सरबाट पीडित थिइन् । 'म्याडम अल्ब्राइटले नेपाल-अमेरिका सम्बन्धलाई मजबुत बनाउन गरेकाे योगदान र मानवताप्रतिको करुणाका लागि नेपाली जनताले सम्झिरहनेछन्' सामाजिक सञ्जालमा मन्त्री खड्काले समवेदना व्यक्त गर्दै लेखेका छन् ।
एक शरणार्थी, आप्रवासी महिला उनलाई प्रतिभाशाली रणनीतिकार एवं कूटनीतिक 'रोल मोडेल'का रूपमा धेरै अमेरिकी महिला कूटनीतिज्ञहरूले लिने गरेका छन् । अमेरिकाको उच्च कूटनीतिज्ञ बन्नु अघि संयुक्त राष्ट्रसंघकालागि अमेरिकी राजदूतको रूपमा सेवा गरेकी उनले आणविक हतियारको अप्रसार रोक्न तथा विश्वभर मानवअधिकारमा उल्लेखनीय भूमिका निर्वाह गरेकी थिइन् ।
प्रकाशित समय : २३:३३ बजे



















