nmb bank

गृहपृष्ठ सानिमा बैंकको नयाँ शाखा चितवनको टाँडीमा

सानिमा बैंकको नयाँ शाखा चितवनको टाँडीमा

सानिमा बैंकको नयाँ शाखा चितवनको टाँडीमा

सानिमा बैंकले बिहीबार चितवनको टाँडीमा बैंक शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र  हरिवंश आचार्यका साथै संचालक डा केशव प्रसाद आचार्यले संयुक्त रुपमा गरे ।

समुद्घाटन समारोहमा मह जोडीले रत्ननगर, टाँडीमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

समुद्घाटन समारोहमा रत्ननगर नगरपालिकाका मेयर नारायण बनले रत्ननगरमा बैंकले शाखा सञ्चालनमा ल्याएसँगै सो क्षेत्रका स्थानीय बासिन्दाको बैकिङ तथा वित्तीय आवश्यकता पूरा गर्ने विश्वास लिए । सानिमा बैंकको हाल देशभर १२६ कार्यालय र ११४ वटा एटिएम सञ्चालनमा रहेका छन् ।

प्रकाशित समय : २३:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु