गृहपृष्ठ २४ घण्टामा ३५ जनामा कोरोना संक्रमण, २६६ जना निको
२४ घण्टामा ३५ जनामा कोरोना संक्रमण, २६६ जना निको
पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५२६८ जनामा गरिएको नमूना परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा २६६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने मृत्यु शूल्य रहेकाे छ ।
मन्त्रालयका अनुसार अहिले देशभर २२१९ जना सक्रिय संक्रमित रहेका छन् भने ८३२५३ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।
प्रकाशित समय : २३:२१ बजे



















