nmb bank

गृहपृष्ठ रारा ट्रेल रन प्रतियोगिता वैशाख ३० गते हुने, तयारी अन्तिम चरणमा

रारा ट्रेल रन प्रतियोगिता वैशाख ३० गते हुने, तयारी अन्तिम चरणमा

रारा ट्रेल रन प्रतियोगिता वैशाख ३० गते हुने, तयारी अन्तिम चरणमा

मुगु । मुगुको रारामा नियमित हुँदै आएको ‘रारा ट्रेल रन’ प्रतियोगिताको छैठौं संस्करणका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।

रारा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले प्रत्येक वर्ष आयोजना गर्दै आएको ‘रारा ट्रेल रन’ प्रतियोगिताको तयारी पूरा भएको हो ।

मंगलबार नेपाली सेनाको हनुमान ध्वज गुल्म, हुटुले आयोजना गरेको पत्रकार सम्मेलनमा वैशाख ३० गते सञ्चालन हुने प्रतियोगिताको तयारी सम्पन्न भएको जानकारी दिइयो । गुल्मपति खड्ग बहादुर श्रेष्ठका अनुसार प्रतियोगितामा सहभागी हुन वैशाख १० गते देखि नाम दर्ता सुरु भइसकेको छ ।

पाँच वर्ष अघि सुरु गरिएको यस ट्रेल रन प्रतियोगिताले कर्णाली प्रदेशमा खेलकुद गतिविधि विस्तार, स्थानीय युवालाई खेलतर्फ आकर्षित गर्ने, नयाँ प्रतिभाको पहिचान गर्ने तथा रारा क्षेत्रको पर्यटन प्रवद्र्धनमा योगदान पु-याउने उद्देश्य राखेको छ । साथै यसले स्थानीय समुदाय र नेपाली सेनाबिचको सम्बन्ध अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

‘एकताको दौड, संरक्षणको बाटो’ भन्ने मूल नारासहित प्रतियोगिता रारा ताल वरिपरि १६ किलोमिटर दूरीमा सञ्चालन गरिनेछ। प्रतियोगिता बिहान १० बजेदेखि सुरु हुने र यसमा १८ देखि ४५ वर्ष उमेर समूहका महिला तथा पुरुष गरी ६ सयभन्दा बढी खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ ।

यसैगरी १० देखि ६० वर्ष उमेर समूहका लागि पाँच किलोमिटर ‘रन फर फन’ प्रतियोगिता पनि आयोजना गरिनेछ । प्रतियोगिताको प्रायोजन पिएलवो, एलीभेट इनर्जी, छायाँनाथ रारा नगरपालिका, मुगु कार्मारोङ गाउँपालिका तथा कार्की एग्रोफार्मले गरेका छन् ।

जिल्ला बाहिरबाट आउने खेलाडीहरूको एक रातको बसोबास तथा खानपानको व्यवस्था रारा क्षेत्रका होटेल व्यवसायीहरूले गर्ने जनाइएको छ ।

कार्यक्रमका अवसरमा नेपाली सेनाद्वारा फोटो प्रदर्शनी, खुकुरी नृत्य तथा राष्ट्रिय लोक दोहोरी समाज मुगुले स्थानीय संस्कृति झल्काउने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन् ।

प्रतियोगिता अवधिभर प्रत्येक तीन किलोमिटरमा प्राथमिक उपचारका लागि मेडिकल टिम परिचालन गरिनेछ भने माथिल्लो क्षेत्रमा एम्बुलेन्ससहितको टोली तयारी अवस्थामा रहनेछ । साथै प्रतियोगितामा सहभागी प्रत्येक २० जना खेलाडीका लागि १ लाख रुपैयाँ बराबरको दुर्घटना बिमाको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको कुल अनुमानित खर्च ७ लाख ५० हजार रुपैयाँ रहेको छ । प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्वितीयले ३० हजार र तृतीय हुनेले २० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन्। रारा ट्रेल रन छैठो संस्करणमा मुगु जिल्लामा सहभागी हुने खेलाडीलाई सम्मान सोरुप प्रमाण पत्र र मेडलको ब्याबस्था हुनु पने नेपाल पत्रकार महासघ मुगुका उपाध्यक्ष जीवन सेजुवालले बताएका छन् ।

रारामा सञ्चालन हुने वैशाख ३० गते हुने काय करममा जिल्ला रहेका सरोकारवालाहरूलाई सहयोग गनु पने प्रमुख जिल्ला अधिकारी खडान्नद खत्रीले बताएका छन् ।

प्रकाशित समय : १८:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु