nmb bank

गृहपृष्ठ अर्यान्सको शतकमा युएईले ओमानलाई दियो २६९ रनको लक्ष्य

अर्यान्सको शतकमा युएईले ओमानलाई दियो २६९ रनको लक्ष्य

अर्यान्सको शतकमा युएईले ओमानलाई दियो २६९ रनको लक्ष्य

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अर्यान्स शर्माको उत्कृष्ट शतकीय इनिङको मद्दतले युएईले ओमानलाई २६९ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ओमानले फिल्डिङ रोजेपछि पहिले ब्याटिंग गरेको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६८ रन बनाएकाे हाे । युएईका लागि ओपनर अर्यान्स शर्माले सानदार ब्याटिङ गर्दै १२५ बलमा १० चौका र २ छक्का प्रहार गरी १०५ रन जोडे।

अर्का ओपनर अदिब उस्मानीले ६४ रनको योगदान दिँदै पहिलो विकेटका लागि अर्यान्ससँग १६३ रनको बलियो साझेदारी गरे। मध्यक्रममा हरप्रीत सिंहले ५८ बलमा ५४ रनको अर्धशतकीय इनिङ खेले भने मोहम्मद शहदादले २५ रन जोडे।

ओमानका तर्फबाट बलिङमा शाह फैसल सबैभन्दा सफल रहे, उनले १० ओभरमा ६२ रन खर्चेर ३ विकेट लिए। त्यस्तै, सिद्धार्थ बुक्कापटनमले २ विकेट हात पारे भने शकिल अहमदले १ विकेट लिए।

प्रकाशित समय : १३:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु