nmb bank

गृहपृष्ठ कांग्रेस प्रमुख सचेतक बन्दै बासना थापा

कांग्रेस प्रमुख सचेतक बन्दै बासना थापा

कांग्रेस प्रमुख सचेतक बन्दै बासना थापा

काठमाडौं । कांग्रेसले बासना थापालाई प्रमुख सचेतक बनाउने भएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको नाम टुंगो लगाएको हो । संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बेको नाममा निर्णय भएको छ ।

यस्तै दैलेख– १ बाट निर्वाचित बासना थापालाई प्रमुख सचेतक बनाउने निर्णय भएको छ । थापा कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचति एक मात्र महिला सांसद हुन् । उनलाई संसदीय दलको नेता नै बनाउनुपर्नेसमेत आवाज उठेको थियो ।

यस्तै इलाम– १ बाट निर्वाचित निश्कल राई सचेतक बन्ने भएका छन् । उनी पनि संसदीय दलको नेतामै चर्चामा आएका थिए । केन्द्रीय कार्यसम्पादन समितिको निर्णय आजै बस्ने संसदीय दलको बैठकले अनुमोदन गर्नेछ ।

प्रकाशित समय : १३:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु