nmb bank

गृहपृष्ठ सरकारले सुकुम्बासी हटाउने काम हतारमा गर्यो : प्रदीप पौडेल (भिडियो सहित)

सरकारले सुकुम्बासी हटाउने काम हतारमा गर्यो : प्रदीप पौडेल (भिडियो सहित)

सरकारले सुकुम्बासी हटाउने काम हतारमा गर्यो : प्रदीप पौडेल (भिडियो सहित)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले सुकुम्बासी हटाउने काम हतारमा गरेको भन्दै आलोचना गरेका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्नुअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले छानबिन नगरी वास्तविक सुकुम्बासीलाई समेत दुःख पुग्नेगरी कदम चालिएको बताएका हुन् ।

उनले भने, ‘छानविन गरेर वास्तविक सुकुम्बासीलाई दुःख नहुनेगरि काम गरिनुपथ्र्यो । तर सरकारले सुकुम्बासी हटाउने काम एकदमै हतारमा गरेको छ । जोरजबरजस्ती र राज्यले पेलेजस्तो देखियो ।’

पौडेलले राज्य सबै नागरिकप्रति सहयोगी हुनुपर्ने उल्लेख गर्दै पहिले सुकुम्बासी समस्याबारे पर्याप्त गृहकार्य भएको पनि स्मरण गराए । उनले त्यस आधारमा वास्तविक र नक्कली सुकुम्बासी छुट्याउन सकिने अवस्था रहेको तर त्यसलाई बेवास्ता गरिएको आरोप लगाए ।

उनले भने, ‘राज्य सबैका लागि सहयोगी हुनुपर्छ । पहिले पनि सुकुम्बासीहरुका बारेमा धेरै गृहकार्य भएको थियो । पहिले भएको गृहकार्यका आधारमा को वास्तविक सुकुम्बासी हो, को नक्कली सुकुम्बासी हो छुट्याउन सकिने आधारहरु थियो । ठूलो सुकुम्बासी बस्तीभित्र सक्कली वास्तविक सुकुम्बासीहरु समेत थिए । उनीहरुलाई पनि जोरजबरजस्ति डोजर लगाएर निकाल्ने काम भयो ।’

उनले ठूलो सुकुम्बासी बस्तीभित्र रहेका वास्तविक सुकुम्बासीहरूलाई समेत डोजर प्रयोग गरेर हटाइएको र जसले राज्यले आफ्नो दायित्व निर्वाह गर्न नसकेको बताए ।

पौडेलले सुकुम्बासी समस्या समाधानका लागि तत्काल हटाउनेभन्दा पनि समय लिएर अध्ययन गरी वैकल्पिक व्यवस्था सुनिश्चित नगरेसम्म हटाउन नहुने बताए । उनले वास्तविक सुकुम्बासीको अवस्था बुझेर कमभन्दा कम दुःख हुने गरी व्यवस्थापन गरिनुपर्ने धारणा व्यक्त गरे ।

उनले भने, ‘राज्यले दायित्व निर्वाह गरेको परस्थिती देखिएन । हामीले जस्तो छ त्यस्तै राखिनुपर्छ भनेको होइन तर समय लिएर वास्तविक सुकुम्बासीको वैकल्पिक व्यवस्था गरिदिएर, कुन अवस्थामा छ त्यो बुझेर धेरै दुख नहुने गरी सजिलो गरी सुकुम्बासीहरुलाई व्यवस्थापन गरिनुपथ्र्यो ।’

प्रकाशित समय : १४:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु