nmb bank

गृहपृष्ठ नेपाल बैंकको नाफा २ अर्ब ७९ करोड, खराब कर्जा करिब ५ प्रतिशत

नेपाल बैंकको नाफा २ अर्ब ७९ करोड, खराब कर्जा करिब ५ प्रतिशत

नेपाल बैंकको नाफा २ अर्ब ७९ करोड, खराब कर्जा करिब ५ प्रतिशत

काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ अर्ब ७९ करोड २९ लाख रुपैयाँ कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.३४ प्रतिशत मात्र बढी हो । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकले सार्वजनिक गरेको चालू आवमा तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा ३२ करोड १३ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २ रुपैयाँ ९२ पैसा रहेको छ ।

त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ३४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २७२ रुपैयाँ ७९ पैसा रहेको छ । बैंकको खराब कर्जा ४.९६ प्रतिशत रहेको छ ।

१४ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २५ अर्ब ३९ करोड रुपैयाँ सञ्चित रहेको वित्तीय विवरणमा उल्लेख छ ।

प्रकाशित समय : १३:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु