global ime bank Long Banner Ad

गृहपृष्ठ नेपालमा प्रोटोन एक्स-५० सार्वजनिक, कति पर्छ मूल्य ?

नेपालमा प्रोटोन एक्स-५० सार्वजनिक, कति पर्छ मूल्य ?

नेपालमा प्रोटोन एक्स-५० सार्वजनिक, कति पर्छ मूल्य ?

मलेसियन कार निर्माता प्रोटोनको कम्प्याक्ट एसयुभी ‘प्रोटोन एक्स-५०’ नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले बुधबार गैरिधारास्थित सोरुमबाट नयाँ प्रोटोन एक्स-५० सार्वजनिक गरेको हो। प्रोटोन एक्स-५० नेपालका लागि मलेसियन राजदूत मोहम्मद फद्जल अबु हसनको उपस्थितिमा सार्वजनिक गरिएको हो ।

नेपाली बजारमा प्रोटोन एक्स-५० स्ट्यान्डर्ड, प्रिमियम र फ्लागसिप गरी तीन भेरियन्ट सार्वजनिक भएको हो । कम्पनीले बुधबारदेखि नै गाडीको आधिकारिक बिक्री सुरू गर्ने बताएको छ । प्रोटोन एक्स-५० एसयुभीमा १.५ लिटरको टर्बोचार्ज्ड थ्री सिलिन्डर इन्जिन छ । जसले अधिकतम १७७ पिएस पावर र २५५ एनएम टर्क जेनेरेट गर्छ । इन्जिनमा म्यानुअल मोडसहितको ७ स्पिड डुअल क्लच ट्रान्मिसन छ । गाडीलाई स्टेरिङ मोड र ड्राइभ मोड गरी दुई भिन्न मोडमा चलाउन सकिन्छ ।

यो गाडीमा फुल एलइडी हेडल्याम्प, १८ इन्चको ह्विल, फ्रन्ट वेलकम लाइट, फ्लोटिङ फ्लोर कन्सोल जस्ता विशेषताहरू समावेश गरिएको छ । आकर्षक डिजाइनमा तयार पारिएको यो गाडीमा थुप्रै सुविधाहरू रहेको कम्पनीको दाबी छ।

सुरक्षा फिचरमा निकै ध्यान दिएर उत्पादन भएको एक्स-५० मा ६ वटा एयरब्याग, विदयुतीय स्टेबिलिटी कन्ट्रोल, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, एड्जस्टेबल क्रुज कन्ट्रोल, विदयुतीय क्रुज कन्ट्रोल, लेन किप असिस्ट, लेन डिपार्चर वार्निङ, व्लाइन्ड स्पट इन्फर्मेशन प्रविधि, इन्टेलिजेन्ट हाइबिम कन्ट्रोल, टायर प्रेसर मोनिटर, अटो पार्क असिस्ट र ३६० डिग्री क्यामेरा छन् ।

यसमा ८ इन्च को इन्फोटेनमेन्ट स्क्रिन, आपतकालीन ब्रेकिङ, स्मार्ट एयर प्युरिफायर सिस्टमसहितको क्लाइमेट कन्ट्रोल, विदयुतीय रूपमा फोल्ड गर्न मिल्ने सिटहरू पनि छन् । नयाँ प्रोटोन एक्स-५० सार्वजनिक गर्दै जगदम्बा मोटर्सका अध्यक्ष साहिल अग्रवालले प्रोटोन एक्स-५० को विश्वव्यापी बजारमा राम्रो आकर्षण देखेर नै नेपाली बजारमा भित्र्याएको बताए । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले यो गाडीले नेपाली ग्राहकहरूलाई समेत आकर्षित गर्नेमा विश्वास व्यक्त गरे । 'प्रोटोन एक्स-५० ले बजारमा जगदम्बा मोटर्सको नाम र ग्राहकको विश्वासले यसको बिक्रीलाई थप उचाइमा पुर्याउने विश्वास छ,' उनले कार्यक्रममा बोल्दै भने। मलेसियन राजदूत मोहम्मद फद्जल अबु हसनले एक्स-५० निकै आकर्षक र सुरक्षित एसयुभी भएको बताए।

कम्पनीले नयाँ एक्स-५०को स्ट्यान्डर्ड भेरियन्टको मूल्य सरुवाती मूल्य ७१ लाख ९९ हजार रुपैयाँ तोकेको छ । प्रिमियमको मूल्य ७९ लाख ९९ हजार तोकिएको छ भने फ्लागसिप भेरियन्टको मूल्य ८४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

प्रकाशित समय : २३:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु