nmb bank

गृहपृष्ठ छ्याङदी हाइड्रोपावरको लिलामी सेयरमा आवेदन गर्ने आज अन्तिम

छ्याङदी हाइड्रोपावरको लिलामी सेयरमा आवेदन गर्ने आज अन्तिम

छ्याङदी हाइड्रोपावरको लिलामी सेयरमा आवेदन गर्ने आज अन्तिम

छ्याङदी हाइड्रोपावरको ५९ हजार ८२७ कित्ता लिलामी सेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ ।

लगानीकर्ताले  आज (चैत ९ गते बुधबार) कार्यालय समयभित्र शिलबन्दी बोलपत्र बुझाउन सक्नेछन् । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धी मूल्यमा लिलामी खुला गरिएको सबै कित्ता माग गर्न सकिनेछ ।

लगानीकर्ताले काठमाडौँबाट बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौडा, नारायणगढ, पोखरा र बुटवल, बाग्लुङ, नेपालगञ्ज, सुर्खेत, दाङ, धनगढी र महेन्द्रनगर शाखाबाट पनि शिलबन्दी बोलपत्र बुझाउन सक्नेछन् ।

कम्पनीले चैत १ गतेबाट ५९ हजार ८२७ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । कम्पनीको धितोपत्रको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल रहेको छ । कम्पनीको सेयर मंगलबार धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता ४५८ रुपैयाँमा अन्तिम पटक कारोबार भएको छ ।

प्रकाशित समय : १६:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु