काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

निक्षेप संकलन र कर्जा प्रवाह दुबैमा नेपाल बैंक पहिलो

12.2K
shares

नेपालको पहिलो नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा बिस्तार दुबैमा उच्च वृद्धि गरेको छ । गत फागुन महिनामा नेपालका २७ वटा बाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिकाे आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको देखिएको छ ।

गत फागुन महिनामा नेपाल बैंकको निक्षेप २०७८ असार मसान्तको तुलनामा २१.६७ प्रतिशतले वृद्धि भएको देखिन्छ भने कर्जा विस्तार ३०.३५ प्रतिशतले बढेकाे देखिन्छ । २७ बाणिज्य बैंकहरु मध्ये १७ वटा बाणिज्य बैंकहरुको निक्षेप बढेकाे  छ भने १० वटा बाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको देखिन्छ । बाणिज्य बैंकहरुको औसत निक्षेप वृद्धिदर ५ प्रतिशत रहेको छ । त्यसैगरि २७ वटै बाणिज्य बैंकहरुको कर्जा विस्तारमा वृद्धि भएको छ । औषतमा बाणिज्य बैंकहरुको कर्जा विस्तारमा १६ प्रतिशतको वृद्धि भएको देखिन्छ ।

अहिले बाणिज्य बैंकहरुसंग कुल निक्षेप ४३ खर्ब ३३ अर्ब रुपैयां पुगेको छ भने कुल ४१ खर्ब ७२ अर्ब रुपैयां पुगेको छ । फागुनमहिनामामात्रै बाणिज्य बैंकहरुको निक्षेप २२ अर्ब रुपैयांले बढेको छ भने कर्जा प्रबाह १७ अर्ब रुपैयांले विस्तार भएको छ । नेपालबैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुशार यस अवधिमा १९ वटा बाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) नेपाल राष्ट्र बैंकले तोकेको सिमा ९० प्रतिशतभन्दा बढि रहेको छ भने नेपाल बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) भने ९०.०३ प्रतिशत रहेको छ । औसतमा बैंकहरुको कर्जा निक्षेप अनुपात ९०.९९ प्रतिशत रहेको छ ।

नेपालभर २१३ शाखाहरु, १४७ एटिएमसाथै ४७ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २० लाखग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हालग्राहक सेवामाव्यापक सुधार गरि आधुनिक बैंकिंङ प्रविधि मार्फत सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि  रुपमा अगाडि बढिरहेको छ । विगत केहि बर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामामुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपालभर बैंकिंङ सेवाप्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवाकर्मचारी र आधुनिक प्रविधीको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक लिमिटेड प्रतिको आकर्षण दिनप्रतिदिन बढ्दै गएको देखिन्छ । निक्षेपमा आकर्षक व्याजदर प्रदान गरेको साथै सरकारी बैंक भएको कारण पनि यस बैंकको बचत खाता एवं मुद्दती खाताहरुमा निक्षेप कर्ताहरुको आकर्षण बढिरहेको छ ।