काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी खल्तीबाट गर्न सकिने

11.26K
shares

‘खल्ती’ ले सिटिजन लाइफ इन्स्योरेन्सका सबै बिमा ग्राहकका लागि खुसीको खबर लिएर आएको छ । अब ‘खल्ती’बाट सिधै आफ्नो बिमा प्रिमियम तिर्न सकिनेछ ।

यो सेवाले डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्न सजिलो बनाउने उद्देश्य थालनी गरेको हो । यो सेवाले समयको कमीका कारण ढिलो भुक्तानी गर्ने वा अफिस जानको लागि समय  निकाल्ने ग्राहकका लागि केही ट्यापमै बिल भुक्तानीलाई सजिलो बनाउने लक्ष्य राखेको छ । यस सुविधाबारे बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, 'हाम्रा प्रयोगकर्ताहरूले डिजिटल बानी अपनाउन यस प्रकारको कुनै पनि प्रकारको वित्तीय लेनदेनहरू निर्वाध रूपमा कार्यान्वयन गर्न सक्ने सुनिश्चित गर्न काम गरिरहेका छौँ र उनीहरूले समय र पैसा दुवै बचत गर्न सकून् ।'

लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम 'खल्ती'बाट यसरी तिर्न सकिन्छ :

– 'खल्ती' एप लग-इन गरी 'इन्स्योरेन्स' आइकनमा ट्याप गर्ने 

– 'सिटिजन लाइफ इन्स्योरेन्स' सेलेक्ट गर्ने

– DOB र Policy Number भर्ने र विवरण प्राप्त गर्न ट्याप गर्ने

– अब सम्पूर्ण विवरण दाखिला गरी 'प्रोसिड टु पे'मा क्लिक गर्ने

५००० रुपैयाँ प्रिमियम भुक्तानीको लागि प्रयोगकर्ताले खल्तीसँग आफ्नो केवाइसी भने अनिवार्य रुपमा भेरीफाई गर्नुपर्छ जसले प्रयोगकर्तालाई भुक्तानी सेवाको विस्तृत दायराको मजा लिन सक्षम बनाउँछ ।