global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

उक्त प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश-१ लगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका पहाडी थोरै स्थानहरुमा मेगगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

साथै हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ । राति सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश-१ का पहाडीमा आंशिकदेखि सामान्य बदली हुने छ । बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली र अन्य भू-भागमा सामान्यतया मौसम सफा भई देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव चार डिग्री र अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम चार दशमलव शून्य डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम ३६ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित समय : १८:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु