गृहपृष्ठ राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन चैत २२ गते तय
राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन चैत २२ गते तय

नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोस्रो महाधिवेशन तथा चौँथौ वार्षिक साधारण सभा मिति चैत २२ गतेका लागि तय भएको छ ।
चैत २२ गते होटल एभरेष्टमा हुने महाधिवेशन उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने तय भएको महासंघका उपाध्यक्ष तथा महाधिवेशन आयोजक समितिका संयोजक गोविन्द कार्कीले जानकारी दिए ।
उनका अनुसार उद्घाटन शत्रमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ लगायत सरकारका अन्य उच्च अधिकारीहरुको समेत उपस्थिति हुनेछ । गत वर्ष नै हुनुपर्ने महासंघको केन्द्रीय महाधिवेशन कोरोना भाइरस संक्रमण फैलिएपछि एक वर्ष पर धकेलिएको थियो ।
महासंघका अध्यक्ष नरेश कटुवालको कार्यकाल समेत पूरा भएकाले महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ । सकेसम्म सहमतिबाटै र नभए निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व तय गर्ने महासंघको तयारी छ ।
विद्यमान अध्यक्ष कटुवालले यो पटक नेतृत्व नदोहोर्याउने तरखरमा रहेका छन् । उनले महासंघका अध्यक्षमा दाबी नगरेपछि वरिष्ठ उपाध्यक्ष कुमार कार्की लगायतका अन्य उपाध्यक्षहरु नेतृत्वका लागि आकांक्षी छन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघ साना तथा मझौला उद्योगी तथा व्यवसायीहरुको साझा संगठन हो ।
प्रकाशित समय : १८:०२ बजे