गृहपृष्ठ जहाज थपेर व्यवसाय विस्तार गर्दै हवाई सेवा प्रदायक कम्पनी
जहाज थपेर व्यवसाय विस्तार गर्दै हवाई सेवा प्रदायक कम्पनी

निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले जहाज थपेर व्यवसाय विस्तारमा जुटेको छ ।
बुद्ध एयरले थप एटीआर-७२ (७२ सिटे) जहाज भित्र्याएर आक्रामकरुपमा बजार विस्तारमा लागेको हो । बुद्ध एयरले हालै थप एक थान एटीआर ७२ जहाज भित्र्याएको छ । योसँगै कम्पनीसँग अब ११ वटा एटिआर-७२, तीनवटा एटिआर-४२ र दुई वटाबीच क्राफ्टसहित १६ जहाज छन् । थप चार जहाज आउने प्रक्रियामा रहेको र करिब चार महिनाको अन्तरालभित्रै ती जहाज नेपाल आइपुग्नेछन् ।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जहाज थपेर बजार विस्तार गर्न कम्पनी लागि परेको बताए । उनका अनुसार देशको भौगोलिक अवस्था र जनजीवनलाई सहज तुल्याउन कम्पनीले बजार विस्तारको रणनीति लिएको जनाइएको छ ।
आफ्नो २४ वर्षे यात्राको आरोह अवरोहलाई छिचोल्दै बुद्ध एयरले आन्तरिक उडानमा एटीआर जहाजमार्फत गुणस्तरीय सेवा प्रदानका साथै पर्यटन विकासमा समेत महत्वपूर्ण भूमिका खेलेको कम्पनीले उल्लेख गरेको छ । सन् १९९७ अक्टोवर ११ मा बुद्ध एयरले पहिलो उडान गरेको थियो । यसले उडानकै शुरुवातमा अमेरिकाबाट ब्राण्ड न्यू जहाज बीचक्राफ्ट १९०० डी भित्र्याएको थियो ।
प्रकाशित समय : ००:१९ बजे