गृहपृष्ठ धौलीगाड बृहत् खानेपानी आयोजना सरकारको प्रथामिकतामा: मन्त्री चौधरी

धौलीगाड बृहत् खानेपानी आयोजना सरकारको प्रथामिकतामा: मन्त्री चौधरी

धौलीगाड बृहत् खानेपानी आयोजना सरकारको प्रथामिकतामा: मन्त्री चौधरी

खानेपानी मन्त्री उमाकान्त चौधरीले जुम्लास्थित बृहत् धौलीगाड खानेपानी आयोजना निर्माण अब सरकारको प्रथामिकता परेको बताए ।

सो आयोजना शिलान्यासका लागि यहाँ आएका मन्त्री चौधरीले भने, 'निर्माण प्रक्रिया अघि बढेको छ । समयमै खानेपानी निर्माण हुनेमा विश्वास लिएको छु ।' धौलीगाड खानेपानी आयोजना एक अर्ब २६ करोड लागतमा निर्माण हुने खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सूर्यराज कँडेलले बताए । उनले भने, 'चन्दननाथ नगरपालिकासहित गुठीचौर र तातोपानी गाउँपालिकाका ४४ हजार १६३ घरधुरी धौलीगाड खानेपानी आयोजनाबाट लाभान्वित हुने छन् ।' सदरमुकाम खलंगा १५ किलोमिटर दूरीमा रहेको पानीको मुहानबाट प्रतिसेकेन्ड ५५ लिटर पानी ल्याउने डिजाइन स्टिमेटमा उल्लेख गरिएको मन्त्रालयका सचिव सुरेश आचार्यले बताए ।

जुम्लाका लागि धौलीगाड बृहत् खानेपानी आयोजना निर्माण निश्चित हुने भएकाले यहाँका खानेपानीबाट बञ्चित भएका स्थानीयवासीलाई निकै राहत पुग्ने कर्णाली प्रदेशका पूर्व कानुनमन्त्री नरेश भण्डारीले बताए । ३८ लाख ४५ हजार ६९९ लिटर पानी प्रतिदिन घरायसी खपत हुने बताइएको छ । संस्थागत ३ लाख ८४ हजार ५६९ लिटर प्रतिदिन पानी खपत हुने आयोजना प्रमुख महेश न्यौपानेले जानकारी दिए ।

प्रकाशित समय : ००:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु