गृहपृष्ठ अधिकतम सिट जित्ने गरी गठबन्धन हुनसक्छ : प्रवक्ता महत

अधिकतम सिट जित्ने गरी गठबन्धन हुनसक्छ : प्रवक्ता महत

अधिकतम सिट जित्ने गरी गठबन्धन हुनसक्छ : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले कांग्रेसले अधिकतम सिट जित्ने गरी गठबन्धन हुन सक्ने बताए । प्रेस युनियन बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्थानीय निर्वाचनमा धेरैभन्दा धेरै जित हासिल गरे केन्द्रीय निर्वाचन जित्न सजिलो हुने भएकाले गठबन्धनको सम्भावना नटरेको उल्लेख गरे ।

'पार्टीलाई बलियो पार्न लागौँ, के गर्दा धेरै सिट आउँछ, त्यसै गर्ने हो,' प्रवक्ता महतले भने । नेता महतले बढी सिट जित्नका लागि निर्वाचनमा कुनै पनि सम्भावनालाई नकार्न नसकिने बताए । पार्टीमा लागेका भोट बढाउन सक्नेलाई उम्मेदवार बनाई निर्वाचन जित्ने लक्ष्यका साथ कार्य क्षेत्रमा खटिन कांग्रेस कार्यकर्तालाई आग्रह गर्दै उनले गठबन्धन गर्ने दलहरूको प्रस्तावका आधारमा नेपाली कांग्रेसले निर्णय लिने उल्लेख गरे ।

प्रवक्ता महतले एमसीसी नेपालको आवश्यकता र विकासका लागि भएको भन्दै एमसीसी परियोजनाले नेपालको विद्युत् प्रसारण र सडक विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित समय : २३:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु