राप्रपा नेता थापाद्वारा अर्थमन्त्री वाग्लेको अभिव्यक्तिको विरोध
वि.सं.२०८३ कात्तिक ८ आइतवार १२:५५
shares

सारांश
- कमल थापाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हालै भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्।
- नेपालको राष्ट्रियता आफ्नो देशको सार्वभौमिकता र नेपाली जनताको हितको रक्षामा पूर्णतया केन्द्रित रहेको नेता थापाको भनाइ छ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हालै भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्।
नेता थापाले विज्ञप्ति जारी गर्दै अर्थमन्त्री वाग्लेको उक्त भनाइ आपत्तिजनक मात्र नभई नेपाली राष्ट्रियतामाथिको ठाडो अवमूल्यन भएको आरोप लगाए। नेपालको राष्ट्रवाद कहिल्यै पनि कुनै मुलुकविशेषको विरोधमा नटिकेको स्पष्ट पार्दै उनले विदेशी भूमिमा पुगेर ‘भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्ने जस्ता अभिव्यक्ति दिनु राष्ट्रिय सरोकारका मुद्दाप्रतिको गैरजिम्मेवारीपन भएको उल्लेख गरे ।
नेपालको राष्ट्रियता आफ्नो देशको सार्वभौमिकता र नेपाली जनताको हितको रक्षामा पूर्णतया केन्द्रित रहेको नेता थापाको भनाइ छ।
सीमा विवाद, नेपाली भूमि डुबान, तथा ऐतिहासिक रूपमा भोगिएको नाकाबन्दीका विरुद्ध आवाज उठाउनु भारतको विरोध नभई राष्ट्रप्रतिको अविभाज्य निष्ठा भएको थापाले स्पष्ट पारेका छन्।
























