आगामी दसैंदेखि ‘परदेशी-२’ आउँदै
वि.सं.२०७८ चैत ४ शुक्रवार १७:५३
shares

नारायण रायमाझीको निर्देशनमा बनेको फिल्म 'परदेशी-२'को फर्स्ट लुक सार्वजनिक भएको छ । सामाजिक सञ्जालमार्फत फिल्मको निर्माण पक्षले फिल्मको पोस्टर सार्वजनिक गरेको हो । 'परदेशी-२' सन् २०१५ मा प्रदर्शनमा आएको फिल्म 'परदेशी'को सिक्वेल फिल्म हो ।
फिल्ममा प्रकाश सपुत, केकी अधिकारी, दिलीप रायमाझी, वर्षा सिवाकाटी लगायतका कलाकार मुख्य भूमिकामा छन् । त्यस्तै, निर शाह, सुशील पोखरेल, सबिन बास्तोला, रमा थपलिया, भिमा मैनाली, रोशनी कार्की लगायतका कलाकारको अभिनय फिल्ममा रहेको छ । रायमाझीकै लगानीमा बनेको फिल्ममा कथा रमेश बीजीको रहेको छ भने पटकथा र संवाद निर्देशक रायमाझी र लेखक बीजीले नै लेखेका छन् । फिल्मलाई मनकृष्ण महर्जनले खिचेका हु्न । फिल्ममा संगीत बीबी अनुरागीले दिएका छन् । 'रिमा फिल्मस्'काे ब्यानरमा निर्माण भएको फिल्म आगामी दसैंमा रिलिज गर्ने तयारी निर्माण पक्षको छ ।
तपाईहरु सँगै बसेर ठूलो स्क्रिनमा आफूलाई हेर्ने सपना आगामी दसैंमा परदेशी-२ आउँदै गरेकाे प्रकाश सपुले आफ्नाे फेसबुक पेजमार्फत जानकारी दिएका छन् ।

























