global ime bank Long Banner Ad

गृहपृष्ठ बेस्ट फाइनान्सको २५ औँ वार्षिक साधारण सभा आज

बेस्ट फाइनान्सको २५ औँ वार्षिक साधारण सभा आज

बेस्ट फाइनान्सको २५ औँ वार्षिक साधारण सभा आज

बेस्ट फाइनान्स कम्पनी लिमिटेडले आज (शुक्रबार चैत ४ गते० २५ औँ वार्षिक साधारण सभा सम्पन्न गर्दैछ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान १२ः३० बजेदेखि सभा डाकिएको छ ।

गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई लाभांश वितरणको कुनैपनि प्रस्ताव नगरेको फाइनान्सले सामान्य प्रस्तावहरु मात्रै छलफल गरी पारित गर्दैछ । आर्थिक वर्ष २०६७.६८ यता लाभांश वितरण नगरेको फाइनान्सले गत आर्थिक वर्षबाट पनि लगानीकर्तालाई लाभांश वितरण नगरेको हो । यो पटक पनि फाइनान्सको लगानीकर्ताको हात रित्तो भएको छ ।

सभामा बेस्ट फाइनान्स कम्पनी र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्वायर हुनु परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने, उक्त समझदारी पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पत्ति र दायित्व मुल्यांकन गर्न मान्यता प्राप्त मुल्यांकन कर्ता नियुक्त गर्न, निजको पारिश्रमिक तोक्न लगायत मर्जर सम्बन्धी अन्य आवश्यक प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने पनि बताइएको छ ।

यस्तै आर्थिक वर्ष २०७७/७८ को वार्षिक वित्तीय विवरण, नाफा-नोक्सान हिसाब लगायतलाई पारित गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा छ ।

सभाले आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण गर्नका लागि सञ्चालक समितिबाट गरिएको लेखापरीक्षकको नियुक्ती र पारिश्रमीक तोक्ने प्रस्ताव पारित गर्ने छ ।

साधारण सभा प्रयोजनका लागि बेस्ट फाइनान्सले फागुन २० गते सेयर दाखिल खारेजी (बुकक्लोज) गरेको थियो । बुकक्लोज अनुसार फागुन १९ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्रै साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।

प्रकाशित समय : १७:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु