गृहपृष्ठ विश्वकप लिग टुमा जितको लय कायम राख्न दबाब बढाउँदै नेपाल

विश्वकप लिग टुमा जितको लय कायम राख्न दबाब बढाउँदै नेपाल

विश्वकप लिग टुमा जितको लय कायम राख्न दबाब बढाउँदै नेपाल

ट्वान्टी-२० विश्वकप क्रिकेटमा छनोट हुन नसकेको नेपालको घाउ अझै सुक्न पाएको छैन । अघिल्लो महिना ओमानमा ट्वान्टी-२० विश्वकप छनोट यात्रामा यूएई नेपालको अवरोध बनेको थियो । प्रतियोगितामा उत्कृष्ट खेले पनि नेपाललाई निर्णायक खेल (सेमिफाइनल)मा यूएईले कुनै अवसर नै दिएको थिएन ।

अहिले युएईमा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक श्रृंखलामा नेपालले शुक्रबार दोस्रो खेल घरेलु टोली युएई विरुद्ध खेल्दैछ । श्रृंखलामा नेपाल र युएई दुवैले यसअघि पपुवा न्यु गिनी (पीएनजी)लाई हराएका छन् । त्यसैले दुवै टोली जितको लयलाई कायम राख्ने योजनासहित मैदान उत्रिनेछन् ।

युएईले पहिलो खेलमा पीएनजीलाई १७६ रनमा रोक्दै ७ विकेटको सहज जित हात पारेको थियो । तर नेपालले भने पीएनजीलाई हराउन संघर्ष गर्नुपरेको थियो । पीएनजीले दिएको २०५ रनको लक्ष्य नेपालले ८ विकेट गुमाएर ४ बल अगाडि पूरा गरेको थियो । रोहित कुमार पौडेलको धैर्यपूर्ण ब्याटिङ र करण केसीको आक्रामक ब्याटिङमा नेपाल विजयी भएको थियो ।

युएई पछिल्लो समय एसोसिएट टिममा उत्कृष्ट फर्ममा रहेको छ । युएईले यस श्रृखंला अघि पनि ओमान र नामिबिया सम्मिलित लिग टु कै श्रृंखला खेलेको थियो । त्यसबाट पनि उनीहरुलाई राम्रो तयारी मिलेको छ । नेपालले युएईलाई उसैको मैदानमा पराजित गर्न अझ मिहिनेत गर्नुपर्ने देखिन्छ ।

प्रकाशित समय : १४:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु