गृहपृष्ठ नेपाल टेलिकमले ल्यायो होली विशेष डाटा अफर
नेपाल टेलिकमले ल्यायो होली विशेष डाटा अफर
मुलुकभरी मनाइने फागु पर्व (Holi Festiva)को अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर (Holi Offer) ल्याएको छ । यो अफरअन्तर्गत ६९ रुपैयाँमा एक एमबीपीएस अनलिमिटेड डाटा २४ घण्टा, ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिन र २९४ रुपैयाँमा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ । *1415*11# गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ ।
नेपालीहरुको महत्वपूर्ण पर्व फागु पूर्णिमा र चैते दशैँलाई समेत दृष्टिगत गरी ल्याइएको यस अफरको अवधि १५ दिनसम्म कायम रहनेछ ।
यस अफरबाट सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुने कम्पनीको विश्वास लिएकाे छ ।
प्रकाशित समय : २३:०० बजे

















