गृहपृष्ठ एनसेलले ल्यायो नयाँ गज्जबको दैनिक जीबी प्याक, मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै
एनसेलले ल्यायो नयाँ गज्जबको दैनिक जीबी प्याक, मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै
एनसेल आजियाटा लिमिटेडले फागु पुर्णिमाको अवसरमा मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै गज्जबको दैनिक जीबी प्याकअन्तर्गत नयाँ डेटा प्याकहरु ल्याएको छ । यसका साथै कम्पनीले दैनिक जीबी डेटा प्याकअन्तर्गत सञ्चालनमा रहेका प्याकहरूमा पनि भोल्युम बढाएको छ ।
ग्राहकले अब करसहित मात्र १२९ रुपैयाँमा ७ जीबी अल टाइम डेटा प्याकको फाइदा लिँदै प्रतिदिन ७ दिनसम्म १ जीबी डेटा प्रयोग गर्न सक्छन् । त्यसैगरी १४ जीबी अल टाइम डाटा प्याक मात्र १९९ रुपैयाँमा लिएर ७ दिनसम्म दैनिक २ जीबी डेटा प्रयोग गर्न सक्छन् ।
यी दुई दैनिक जीबी डेटा प्याकबाहेक एनसेलले आफ्ना ग्राहकका लागि पहिला नै सञ्चालनमा रहेका डेटा प्याकहरुमा डेटा भोल्युम पनि बढाएको छ । यसअन्तर्गत ग्राहकहरुले पहिलेकै मूल्यमा थप भोल्युम सहितको डेटा प्याकबाट फाइदा लिन सक्छन् । भोल्युम बढाइएको डेटा प्याकअन्तर्गत ग्राहकले मात्र १६९ रुपैयाँमा १०.५ जीबी डेटा खरिद गरी दैनिक १.५ जीबी डेटा ७ दिनसम्म प्रयोग गर्न सक्छन् । पहिला यही शुल्कमा ग्राहकले दैनिक १ जीबीका दरले ७ दिनसम्म कुल ७ जीबी पाइरहेका थिए ।
अलि धेरै डेटा भोल्युम चाहिने ग्राहकले अब मात्र २६९ मा २१ जीबी डेटा हरेक दिन ३ जीबीका दरले ७ दिन सम्म प्रयोग गर्न सक्छन् । यसअघि ग्राहकले सोही मूल्यमा १४ जीबी डेटा हरेक दिन २ जीबीका दरले ७ दिनसम्म पाइरहेका थिए । त्यसैगरी एनसेलका ग्राहकले अब मात्र ५९९ रुपैयाँमा ४२ जीबी डेटाको फाइदा लिन सक्छन् । जसअन्तर्गत ग्राहकले हरेका दिन २८ दिनसम्म १.५ जीबी डेटा प्रयोग गर्न सक्छन् ।
यी नयाँ तथा परिमार्जित प्याक आज बुधबार (चैत्र २)बाट सञ्चालनमा ल्याइएका हुन् । प्रिपेड ग्राहकले एष्ट्रिक्स१७१२३एष्ट्रिक्स१ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार सुचारु गर्न सक्छन् । त्यस्तै ग्राहकले एनसेलको एप तथा वेबसाइटमार्फत पनि यी प्याक खरिद गर्न सक्छन् ।
दैनिक जीबी डेटा प्याकअन्तर्गत ल्याइएका नयाँ अल टाइम डेटा प्याक र थप गरिएका डेटा भोल्युमहरुले ग्राहकलाई आफ्ना परिवार तथा साथीभाइसँग सुलभ दरमा सम्पर्कमा रहिरहन र फागु पर्वलाई अझै धेरै रमाइलो बनाउँदै खुसीयाली साटासाट गर्न मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।
प्रकाशित समय : २२:४३ बजे

















