nmb bank

गृहपृष्ठ एक लाख म्यादी प्रहरीका लागि भर्ना खुल्यो (सूचनासहित)

एक लाख म्यादी प्रहरीका लागि भर्ना खुल्यो (सूचनासहित)

एक लाख म्यादी प्रहरीका लागि भर्ना खुल्यो (सूचनासहित)

आगामी स्थानीय तहको चुनावलाई लक्षित गर्दै म्यादी प्रहरीका लागि भर्ना खुल्ला गरिएको छ । चैत ६ गतेदेखि ११ गतेसम्म दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । सबै जिल्ला प्रहरी कार्यालय र उपत्यकाको हकमा तीन वटै परिसरबाट दरखास्त दिन सकिने मंगलबार जारी सूचनामा उल्लेख छ ।

सूचनाअनुसार दरखास्त दिनेहरु १८ वर्ष पूरा भएको र ५४ वर्ष ननाघेको हुनुपर्ने छ । उनीहरूले ४० दिनको सेवा सुविधा पाउनेछन् । म्यादी प्रहरीले तलबबाहेक रासन र पोशाकवापतको रकम पनि पाउनेछन् । सबै सुविधाको रकम जोड्दा ४४ हजार ४४० रुपैयाँ उनीहरूले पाउने देखिन्छ । म्यादी प्रहरीमा भर्ना हुनका लागि सबै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सकिने छ ।

सूचना :

प्रकाशित समय : ००:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु