global ime bank Long Banner Ad

गृहपृष्ठ खल्तीकाे ‘ईएमआइ डन १०० प्रतिशत रिटर्न’ अफर, स्मार्टफोन जित्ने मौका

खल्तीकाे ‘ईएमआइ डन १०० प्रतिशत रिटर्न’ अफर, स्मार्टफोन जित्ने मौका

खल्तीकाे ‘ईएमआइ डन १०० प्रतिशत रिटर्न’ अफर, स्मार्टफोन जित्ने मौका

खल्तीले खल्तीमार्फत ईएमआइ भुक्तानीमा १०० प्रतिशत क्यासब्याक जित्न सकिने अफर ल्याएको छ । यसका साथै दुई भाग्यशाली विजेताहरूले बम्पर पुरस्कारको रूपमा स्मार्टफोन जित्ने मौका पाउनेछन् ।

यस अफर ‘ईएमआइ डन १०० प्रतिशत रिटर्न’ अनुसार हुलास फिन सर्भ, जगदम्बा क्रेडिट एन्ड इन्भेस्टमेन्ट, स्याकार-होन्डा र एमएडब्लु इन्वेत्मेंट प्राइभेट लिमिटेडको ईएमआइ भुक्तानी गर्दा हरेक हप्ता एक जना भाग्यशाली विजेताले भुक्तानीमा १०० प्रतिशत क्यासब्याक (५ हजारको अधिकतम सीमाको साथ) प्राप्त गर्नेछन् भने दुई जनाले बम्पर उपहारमा स्मार्टफोन जित्नेछन् । यो अफर यही चैत १ देखि ३० गतेसम्म मान्य हुने कम्पनीले जनाएको छ ।

यस सुविधाबारे बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘प्रविधि र विकासको परिवर्तनसँगै, डिजिटाइजेसनको आवश्यकता द्रुत रूपमा बढिरहेको छ । डिजिटल कारोबारलाई अझ प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो अफर ल्याईएको हो ।’

५ हजार रूपैयाा माथिको भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ‘खल्ती’ केवाइसी भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ । खल्ती खाता नभएको खण्डमा साइन अप गरी वा नेपालभर फैलिएको खल्तीको कुनै पनि खल्ती सेवा केन्द्रबाट पनि भुक्तानी गर्न सकिनेछ ।

प्रकाशित समय : ०१:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु