काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विवेकशील साझाले प्रदेश सांसदसहित २६ जनालाई केन्द्रीय सदस्यबाट हटायो

10.54K
shares

विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले २६ केन्द्रीय सदस्यलाई जिम्मेवारीबाट हटाएका छन् । लेभी नबुझाएका र समानान्तर गतिविधिमा संलग्न भएको भन्दै उनीहरुलाई केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाइएको हो ।

कारबाही गरिएकामा प्रदेश सांसद् रमेश पौड्याल सहितका नेता छन् । उनी मिलन पाण्डेपक्षीय नेता हुन् । पाण्डेलाई यसअघि नै मिश्रले जिम्मेवारीबाट मुक्त गरिसकेका छन् । केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुशा थापा, आशुतोष तिवारी, कमलेश्वर पाठक, केशव दाहाल, चण्डिका तिमिल्सिना, चन्द्रिका सिग्देल, दुर्गा खत्री (कार्की), धर्म मानन्धर, पुकार बम, भरतराज पन्त, भूपदेव शाह, मनिस खनाल, मुना अधिकारी, रमेश पौड्याललाई हटाउने निर्णय गरेको छ ।

यसैगरी रविन अम्गाई, राज्यलक्ष्मी श्रेष्ठ, रामपुकार महरा, लक्ष्मी अधिकारी, विमल तामाङ, शिशिर बञ्जरा, सरोजप्रसाद गौतम, सिर्जना खड्का, सुदन मानन्धर, सुरेश अर्याल, सुरेश भट्ट र हरिशप्रसाद भट्टलाई पनि केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाइएको विवेकशील साझाले जनाएको छ ।