काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

‘पीर’ गीतमा माओवादीले आपत्ति जनाएपछि प्रकाश सपुतले दिए स्पष्टीकरण

18.48K
shares

‘पीर’ गीतबारे सर्जक तथा गायक प्रकाश सपुतले स्पष्टीकरण दिएका छन् । गीत विवादमा परेपछि सामाजिक सञ्जालमार्फत सोमबार उनले व्यवस्था परिवर्तनमा माओवादी युद्ध र आन्दोलनलाई कहीँनेर पनि गलत अर्थ नलगाइएको स्पष्ट पारेका छन् । बरू भएभरका परिवर्तनको जस दिइएको बताएका छन् ।

‘भिडियोलाई फेरि एकपटक अक्षरस हेर्ने हो भने व्यवस्था परिवर्तनमा माओवादी युद्ध र आन्दोलनलाई कहीँनेर पनि गलत अर्थ्याइएको छैन । बरु भएभरका परिवर्तनको जस दिइएको छ । भिडियोमा देखिएका पात्रहरु जस्तैको बलिदानीले पाएको यो नयाँ व्यवस्थामा  मैले  यति धेरै फाइदा उठाएको छु भने उनीहरुको अवस्थाको गीत किन नगाउने भन्ने हो’, उनले भनेका छन् ।

उनले एउटा दृष्य आत्मसम्मानसँग जोडिएको प्रतिकात्मक दृष्य भएको भन्दै प्रतिकात्मक रुपमा राखिएका उक्त दृष्यहरुले कसैको आत्मसम्मानमा असर पुग्न गएको छ भने म आत्मालोचना समेत गरेको छन् ।

‘एउटै गीतमा सबै दृष्टिकोण अटाउन सकिदैन । पूरै बुझाइ आउँदैन । त्यसैले अर्को गीतमा अर्को कथा भन्नु त छँदैछ, त्यसमा अर्कै दृष्टिकोण समेटौँला’, उनले लेखेका छन्, ‘अहिले अलि धेरै कोट्याएर हेरिएको एउटा दृष्य छ, त्यो आत्मसम्मानसँग जोडिएको प्रतीकात्मक दृष्य हो । प्रतिकात्मक रुपमा राखिएका यस्ता दृष्यहरुले कसैको आत्मसम्मानमा असर पुग्न गएको छ भने म  फेरि आत्मालोचना गर्छु ।’