गृहपृष्ठ ‘पीर’ गीतमा माओवादीले आपत्ति जनाएपछि प्रकाश सपुतले दिए स्पष्टीकरण
‘पीर’ गीतमा माओवादीले आपत्ति जनाएपछि प्रकाश सपुतले दिए स्पष्टीकरण
‘पीर’ गीतबारे सर्जक तथा गायक प्रकाश सपुतले स्पष्टीकरण दिएका छन् । गीत विवादमा परेपछि सामाजिक सञ्जालमार्फत सोमबार उनले व्यवस्था परिवर्तनमा माओवादी युद्ध र आन्दोलनलाई कहीँनेर पनि गलत अर्थ नलगाइएको स्पष्ट पारेका छन् । बरू भएभरका परिवर्तनको जस दिइएको बताएका छन् ।
‘भिडियोलाई फेरि एकपटक अक्षरस हेर्ने हो भने व्यवस्था परिवर्तनमा माओवादी युद्ध र आन्दोलनलाई कहीँनेर पनि गलत अर्थ्याइएको छैन । बरु भएभरका परिवर्तनको जस दिइएको छ । भिडियोमा देखिएका पात्रहरु जस्तैको बलिदानीले पाएको यो नयाँ व्यवस्थामा मैले यति धेरै फाइदा उठाएको छु भने उनीहरुको अवस्थाको गीत किन नगाउने भन्ने हो’, उनले भनेका छन् ।
उनले एउटा दृष्य आत्मसम्मानसँग जोडिएको प्रतिकात्मक दृष्य भएको भन्दै प्रतिकात्मक रुपमा राखिएका उक्त दृष्यहरुले कसैको आत्मसम्मानमा असर पुग्न गएको छ भने म आत्मालोचना समेत गरेको छन् ।
‘एउटै गीतमा सबै दृष्टिकोण अटाउन सकिदैन । पूरै बुझाइ आउँदैन । त्यसैले अर्को गीतमा अर्को कथा भन्नु त छँदैछ, त्यसमा अर्कै दृष्टिकोण समेटौँला’, उनले लेखेका छन्, ‘अहिले अलि धेरै कोट्याएर हेरिएको एउटा दृष्य छ, त्यो आत्मसम्मानसँग जोडिएको प्रतीकात्मक दृष्य हो । प्रतिकात्मक रुपमा राखिएका यस्ता दृष्यहरुले कसैको आत्मसम्मानमा असर पुग्न गएको छ भने म फेरि आत्मालोचना गर्छु ।’
प्रकाशित समय : १९:२४ बजे



















