global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रिय महिला क्रिकेट चैत पहिलो हप्ता हुने

राष्ट्रिय महिला क्रिकेट चैत पहिलो हप्ता हुने

राष्ट्रिय महिला क्रिकेट चैत पहिलो हप्ता हुने

उन्नाइस वर्षमुनि (यू-१९)को राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आगामी चैत ६ गतेदेखि सञ्चालन हुने भएको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने उक्त प्रतियोगतामा सात टोली सहभागी हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । प्रतियोगितामा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती, मधेश, गण्डकी प्रदेश र प्रदेश-१ को सहभागिता रहने छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह 'ए' मा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी  र बागमती तथा समूह 'बी' मा मधेश, गण्डकी र प्रदेश १ रहेका छन् । समूहको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्प्रधा गर्नेछन् । चैत ११ गतेसम्म चल्ने उक्त प्रतियोगिताको उद्घाटन खेल सुदूरपश्चिम र कर्णालीबीच चैत ६ गते हुनेछ ।

प्रकाशित समय : १९:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु