गृहपृष्ठ निर्माण व्यवसायी महासंघको अध्यक्षमा पुन: रवि सिंह
निर्माण व्यवसायी महासंघको अध्यक्षमा पुन: रवि सिंह
नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन् । महासंघको १२औं महाधिवेशनबाट महादेव खिम्ती निर्माण सेवाका प्रमुख सिंह दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् ।
सिंह नेपाली कांग्रेसनिकट हुन् । सभापतिका लागि सिंहसहित निकोलस पाण्डे र हुमनाथ कोइराला प्रतिस्पर्धामा थिए । सिंहले ८०७ मत ल्याएर निर्वाचित हुँदा निकोलसले ३४२ र हुमनाथले ३२ मतमात्रै पाए । वरिष्ठ उपाध्यक्षमा आङ दोर्जी लामा, टोपबहादुर रायमाझी र रामजी पन्थ निर्वाचित भए ।
महासचिवमा रोशन दाहाल विजयी भए । उपमहासचिवमा शिवहरि घिमिरे र नरहरि थपलिया विजयी भएका छन् । कोषाध्यक्षमा हिरणकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा सन्तोष साह विजयी भएका छन् ।
प्रकाशित समय : १९:३२ बजे



















