global ime bank Long Banner Ad

गृहपृष्ठ पूर्वराष्ट्रपति ओबामाको स्वास्थ्य सामान्य

पूर्वराष्ट्रपति ओबामाको स्वास्थ्य सामान्य

पूर्वराष्ट्रपति ओबामाको स्वास्थ्य सामान्य

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा आइतबार कोरोना पोजेटिभ भएका छन् । उनकी पत्नी मिशेल ओबामाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

उनले आफ्नो स्वास्थ्य स्थिति सामान्य भएको जानकारी गराउँदै ट्विटरमा लेखेका छन्, 'केही दिनदेखि मेरो घाँटी खसखसाइरहेको थियो । तर, त्यसबाहेक मलाई ठिक छ । मिशेल र मैले कोभिड खोप र बुस्टर दुवै लगाइसकेकामा धन्य छौँ ।'

ओबामाले अमेरिकी नागरिकलाई खोप लगाउन पनि आग्रह गरेका छन् । अमेरिकामा संक्रमण दर घटिरहेको भए पनि पछिल्ला केही हप्ता औसतमा ३५ हजार कोरोना संक्रमित फेला परिरहेका छन् । अमेरिकामा ७५.२ प्रतिशत वयश्कहरुले पूरा डोज खोप लगाइसकेका छन् भने ४७.७ प्रतिशतले बुस्टर खोप लगाएका छन् ।

प्रकाशित समय : १९:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु