गृहपृष्ठ सप्तरीको टेंगरीमा आगलागी हुँदा १३ घर जलेर नष्ट
सप्तरीको टेंगरीमा आगलागी हुँदा १३ घर जलेर नष्ट
सप्तरीमा आगलागी हुँदा १३ वटा घर जलेर नष्ट भएका छन् । जिल्लाको अग्निसाइर कृष्णासावरण गाउँपालिका-४ टेंगरीमा शनिबार मध्यरातमा आगलागी भएको थियो । स्थानीय डम्बर यादवले आफ्नो घर अगाडि राखेको रुखको पातमा एकाएक आगलागी भएको थियो ।
सबै खाना खाएर सुतिसकेको अवस्थामा गाउँभर आगो फैलिएपछि डम्बर यादवसहित श्यामकुमार यादव, दिनेशकुमार यादव, मनोजकुमार यादव, फुलदेव यादव, महेशकुमार यादव, बृजनारायण यादव, महेश यादव, भोला यादव, अमरेन्द्र यादव, धिरज यादवसहित १३ जनाको घर जलेका हुन् ।
आगलागीले ९ वटा बाख्रा जलेको छन् । प्रहरीका अनुसार दिनेश यादवको ४ वटा र फुलदेव यादवको ५ वटा बाख्राको जलेर मृत्यु भएको छ ।
आगलागीले झण्डै २५ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
प्रकाशित समय : १५:२२ बजे


















