गृहपृष्ठ कीर्ते गरेको आरोपमा वडाध्यक्ष पक्राउ
कीर्ते गरेको आरोपमा वडाध्यक्ष पक्राउ
प्रहरीले जग्गा जालसाजीको आरोपमा भोटखोला गाउँपालिका-४ का वडाध्यक्षसहित सात जनालाई पक्राउ गरेको छ । जग्गा जालसाजीको आरोपमा भोटखोला-४ का वडाध्यक्ष किङ्साङ भोटेलाई प्रहरीले नियन्त्रणमा लिएको डीएसपी लालध्वज सुवेदीले जानकारी दिए ।
भोटेसहित सात जनालाई जग्गा कीर्ते गरेको आरोप लागेको छ । भोटे एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् । उनीहरुले अपर अरुण जलविद्युत् आयोजनास्थलको मुआब्जा क्षेत्रमा पर्ने जग्गा स्थानीय ७५ वर्षीय वृद्धालाई ललाइफकाई गरेर रजिस्ट्रेसन पास गरेको खुलेको छ । मुआब्जाभित्र पर्ने २७ रोपनी जग्गा एक लाख रूपैयाँ दिएर पास गरेको बताइएको छ ।
पक्राउ परेका आरोपीलाई शनिबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने डीएसपी सुवेदीले जानकारी दिए ।
प्रकाशित समय : ०३:११ बजे



















