nmb bank

गृहपृष्ठ खैरो हिरोइन कारोबारीको गिरोहमा सशस्त्र प्रहरीका हवल्दारसहित ११ जना पक्राउ

खैरो हिरोइन कारोबारीको गिरोहमा सशस्त्र प्रहरीका हवल्दारसहित ११ जना पक्राउ

खैरो हिरोइन कारोबारीको गिरोहमा सशस्त्र प्रहरीका हवल्दारसहित ११ जना पक्राउ

लागूऔषध खैरो हिरोइनको कारोबारमा सशस्त्र प्रहरी बलका एक जना हवल्दारसहित ११ जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले गरेको अनुसन्धानका क्रममा सशस्त्र प्रही बलको नं.२ हेडक्वार्टर झापामा कार्यरत सशस्त्र प्रहरी हवल्दार खगेन्द्र भुजेलको समेत लागूऔषध कारोबारमा संलग्नता देखिएपछि पक्राउ गरेको हो ।

ब्यूरोका प्रमुख एसएसपी हृदय थापाका अनुसार एक जना भारतीय लागूऔषध कारोबारीमार्फत उनको संलग्नता पुष्टि भएपछि भुजेललाई पक्राउ गरिएको छ । उनी सशस्त्र प्रहरी बलको भद्रपुरस्थित बोर्डर आउट पोष्ट (बीओपी) मा कार्यरत रहँदा तस्करीमा संलग्न भएका थिए । पछिल्लो समय ब्यूरोले अनुसन्धान सुरु गरेपछि उनलाई सशस्त्र प्रहरी बलले निलम्बन गरेको थियो ।

यसैगरि अन्य पक्राउ पर्नेहरुमा सेवनकर्ता लालबहादुर बुढाथोकी, विक्रीकर्ता कौशल बस्नेत, सुनिल ताजपुरिया, भरिया तथा सेवनकर्ता कर्मा भनिने अजय तामाङ, अञ्जान राई, प्रविण भण्डारी, भारतीय नागरिक श्यामल सिंह, सेवनकर्ता समिर गुरुङ, बैंक कारोबारमा संलग्न सञ्जय लिम्बु र पुकार गुरुङ छन् ।

यो गिरोहको साथबाट प्रहरीले ३२२.६ ग्राम लागूऔषध खैरो हिरोइन बरामद गरेको छ । उनीहरुले भारतको पानीट्यांकीबाट खैरो हेरोइन ल्याएर काठमाडौंमा लागूऔषध विक्री गर्दै आएका थिए ।

प्रकाशित समय : १२:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु